ईशान अस्पतालमा उपचाररत बालबालिकाबीच चित्र कोर्ने प्रतिस्पर्धा

528
Shares

काठमाडौँ, ४ मंसिर ।  उपचारका लागि अस्पतालमा भर्ना भएका बालबालिकाहरु चित्र कोर्ने प्रतिस्पर्धामा उत्रिएका छन् ।

अन्तराष्ट्र्रिय बाल दिवसको अवसरमा बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले उपचारका लागि भर्ना भएका बालबालिकालाई चित्र कोर्ने प्रतिस्पर्धामा उतारेको थियो ।

एसआरएल ल्यावसंगको सहकार्यमा भएको सो प्रतियोगितामा १५ जना बढी बालबालिका सहभागी भएको अस्पतालका निर्देशक डा आरपी चौधरीले बताए ।

संयुक्त राष्ट्रसंघले सन् १९५४ देखि अन्तराष्ट्र्रिय बाल दिवस मनाउन शुरु गरेको हो । पछि बालबालिकाको क्षेत्रमा कार्यरत अन्तराष्ट्र्रिय गैह्रसरकारी संस्था युनिसेफ त्यसमा जोडियो ।

बालबालिकाको हक अधिकार स्थापित साथसाथै शारीरिक तथा मानसिक विकासमा सहयोग पुरयाउन यो दिवस मनाउने गरिएको हो । ‘हाम्रो अस्पताल बालबालिकाको उपचारमा क्रियाशिल भएकोले यो दिवसमा हामीले पनि केही रचनात्मक काम गरेर यो दिवस मनाएका हौँ,’ निर्देशक डा चौधरीले भने ।

उनले भर्ना भएका बालबालिकाहरुलाई रिफ्रेस गर्ने कार्यक्रमको प्रमुख उदेश्य रहेको प्रष्ट पारे । यसले बालबालिका पनि खुशी भए, अभिभावक पनि खुशी भए ।

दिउसो करीब डेढ घण्टा चलेको कार्यक्रममा सहभागी बालबालिकाहरुलाई गिफ्ट ह्याम्पर दिइएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *