चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशनालयका लागि निर्देशक सिफारिस

काठमाडौँ, ३ मंसिर । चिकित्सा शिक्षा आयोग अन्तरगर्तको चारवटा निर्देशनालयका लागि चार जना निर्देशक सिफारिस भएको छ । राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा नेतृत्वमा बनेको निर्देशक सिफारिस समितिले गत शुक्रबार २६ जना आवेदकबाट ४ जनाको नाम निर्देशकका लागि सिफारिस गरेको हो ।

सिफारिस हुनेमा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा रमेश प्रसाद आचार्य, प्राडा संगरत्न बज्राचार्य रहेका छन् । यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका प्राडा दिलिप शर्मा र प्राडा आरती साह रहेका छन् ।

आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले समितिले चार जनाको नाम सिफारिस भई आएको भन्दै अब छिटै नियुक्ति गरिने बताए ।

सिफारिस भएकाहरुलाई मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी चार वटा निर्देशनालयको जिम्मेवारी दिइने छ ।

सिफारिस समितिमा प्राडा अरुण सायमी र पूर्व सचिव महाश्रम शर्मा सदस्य रहेका थिए ।

यो पनि पढ्नुहोस्….

चिकित्सा शिक्षा आयोगका पदाधिकारी पर्खंदै छन् ‘लग्जरियस’ गाडी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *