स्वास्थ्य सूचना प्रणालीलाई चुस्त बनाउन नयाँ रणनीति खाका कोरिदै

काठमाडौँ, २ मंसिर । स्वास्थ्य सूचना प्रणालीलाई चुस्त बनाउने नयाँ रणनीति बनाउन सरोकारवालाहरु जुटेका छन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले सोमबार सोही सन्दर्भमा आफ्ना साझेदार संस्थासंग रणनीतिका बारेमा प्रारम्भिक छलफल चलाएको छ ।

‘मुलुक संघीय संरचनामा गईसकेको छ । नयाँ संरचनामा पुरानै पद्धतीबाट स्वास्थ्यको सूचना प्राप्त नहुन सक्छ । स्वास्थ्यको विश्वसनीय ढंगबाट स्वास्थ्यको सूचनालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न आज बैठक बसेको हो,’ व्यवस्थापन महाशाखा अन्तरगर्तको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका प्रमुख बद्रीनाथ ज्ञवालीले भने ।

उनले बैठकले एकीकृत स्वास्थ्य सूचना प्रणालीलाई व्यवस्थित गर्न रोडम्याप तयार गर्ने र त्यसपछि अल्पकालिन र दीर्घकालिन रुपमा र २०३० सालसम्म सूचना प्रणाली कसरी मजबुत गर्ने ? विषयमा छलफल केन्द्रीत रहेको बताए ।

‘सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरुसंग स्थानीय तहका डाटाहरु केन्द्रसम्म कसरी ल्याउने ? र युनिभर्सल हेल्थ कभरेज र एसडीजीलाई कसरी सपोर्ट गर्ने भन्ने हो । त्यसको लागि छलफल गरी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भयो,’ उनले भने ।

बैठकको अध्यक्षता गरेका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले नयाँ संरचनाले स्वास्थ्यका सूचना प्रणालीलाई अलमलमा पारेको भन्दै नयाँ रणनीति बनाई अलमल भएका प्रणालीलाई व्यवस्थित गर्ने बताए । उनले स्वास्थ्य सेवा विभाग, आयुर्वेद विभाग, औषधि व्यवस्था विभाग लगायतका संघीय संरचना र स्थानीय तथा प्रदेश तहका स्वास्थ्यका संरचनाबीच कसरी इन्टर लिंक गर्ने भन्ने विषयमा नयाँ रणनीति बनाउन लागिएको बताए । उनले आफूले सरोकारवाला साझेदार संस्थाहरुबाट उपयुक्त सुझावको अपेक्षा गरेको समेत बताए ।

कार्यक्रममा  वाताबरणीय  स्वास्थ्य तथा स्वास्थ्य संस्थाजन्य फोहोर  मैला व्यवस्थापन  शाखा प्रमुख चुडामणी भण्डारी, आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले एकीकृत स्वास्थ्य सूचना प्रणालीलाई कसरी चुस्त बनाउन भन्ने बारेमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ), युएसएड, जीआईजेड,एनएचएसएसपी,मेरो,एसएसबीएस लगायतका साझेदारी संस्थाका प्रतिनिधीहरुको सहभागीता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *