अनसन तोडेका डा. केसी डडेल्धुराबाट धनगढी झरे

252
Shares

डडेल्धुरा, २७ कात्तिक । नौँ दिन लामो अनसन मंगलबार तोडेका डा गोविन्द केसी बुधबार धनगढी तर्फ झरेका छन् । डडेल्धुरा अस्पतालले एम्बुलेन्स व्यवस्था गरिदिएपछि उनी थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी तर्फ झरेका हुन् ।

उनी त्यहाँ एक दुई दिन उपचार गरिसकेपछि काठमाडौँ आएर थप उपचार गर्ने तालिका रहेको डा केसीसंगै रहेकी डा तोशीमा कार्कीले बताइन ।

सिंगो देश सीमा विवादमा फसिरहेको भन्दै डा केसीले आफ्नो अनसन स्थगित गरेका थिए । उनले त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्वोधन गर्दै सार्वजनिक पत्र समेत लेखेका थिए ।

डा केसीको यो सत्रौँ पटकको अनसन थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *