डा. केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह

डडेल्धुरा, २४ कात्तिक । डडेल्धुरा अस्पतालले अनसनरत डा गोविन्द केसीलाई तत्काल सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने बताएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन डा जितेन्द्र कंडेलले डा केसीको स्वास्थ्यमा जुनसुकै गम्भीर समस्या पर्न सक्ने भन्दै सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने बताएका छन् ।

‘व्लड प्रेसर घटेको छ, मुटुको चाल बढ्दै गएको छ । यस्तै अन्य समस्या पनि थपिदै गएको छ । यो अवस्थामा डडेल्धुरामा राख्नु सुरक्षित हुँदैन,’ उनले भने, ‘कम्तिमा धनगडीसम्म भएपनि लैजानुपर्छ ।’

उनले डडेल्धुरा अस्पतालमा मेडिकल उपकरण र जनशक्तिको अभाव भएको दोहोर्याए । ‘त्यसैपनि कम भएको जनशक्ति त्यसमा पनि समायोजनले झन गडबड गराएको छ । अस्पतालमा आईसियू छैन् । यस्तो अवस्थामा उहाँ जस्तो मान्छेलाई यहाँ राख्नु खतरा हुन्छ । त्यसैले थप सुविधासम्पन्न अस्पतालमा लैजानुपर्छ भनेको हो,’ उनले भने ।

यसैबीच डा केसीको माग पुरा गर्न दवाव दिन डडेल्धुरास्थित नागरिक समाजका अगुवाहरुले आज जिल्लामा सरकारी नम्बर प्लेटका गाडी सञ्चालन गर्न नदिने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *