नुवाकोटमा तीन दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

280
Shares

काठमाडौँ, २१ कात्तिक । बसुन्धरास्थित कान्तिपुर जनरल एण्ड डेन्टल अस्पताल तथा बीएम फाउन्डेसनका प्राविधिक सहयोगमा नुवाकोटको किप्साङ गाउँपालिका १ बाल्चेमा आयोजना गरिएको तीन दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्थानीय काग्यू मोलाम अहिन्सावादी यूवा ल्कव आयोजक भएको उक्त शिविरमा सामान्य स्वास्थ्य र मुख तथा दन्त स्वास्थ्य परीक्षण गरिएको थियो ।

गत आइतबार देखि मंंगलाबार सम्म चलेको उक्त शिविरमा ५५० जनाको स्वास्थ्य परीक्षण भएको थियो । शिविर संयोजक शैलेश पण्डितका अनुसार शिविरमा प्रसूति तथा स्त्री रोग, हाडजोर्नी तथा नशा रोग, सामान्य चिकित्सा, लेबोरेटरी सेवा, मुख तथा दन्त सेवा दिइएको थियो । सो अवसरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्थानीय २० जना शिक्षकलाई मुख स्वास्थ्य सम्वन्धी अभिमुखीकरण तालिम समेत दिएका थिए ।

 

शिविरका लागि कान्तिपुरबाट डा दीपशिखा मिश्र, डा नयन महर्जन, डा हरि ओली  नुवाकोट पुगेका थिए । यस्तै डा सिम्फोनी श्रेष्ठ, डा आस्था उपाध्याय, डा भावना थापा र डा श्रृङखा श्रेष्ठको टोली पनि शिविरमा खटिएको अस्पताल प्रशासनले जनाएको छ ।

केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तरगर्त आफ्नो टीम जिल्लाका दुर्गम भेगमा पुगेर स्वास्थ्य सेवा र जागरण अभियान सञ्चालन गरिरहेको बताए । उनले यो कार्यलाई केडीसीले निरन्तरता दिने समेत जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *