त्रिवि उपकुलपति प्राडा बास्कोटा र काउन्सिल अध्यक्ष प्राडा कोइरालाले गरे पदवहाली

608
Shares

काठमाडौँ, १९ कात्तिक । सरकारले आइतबार नियुक्त गरेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले सोमबार पदवहाली गरेका छन् ।

उपकुलपति प्राडा बास्कोटाले दिउसो तीन बजे त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुर पुगि पदवहाली गरेका हुन् । यता प्राडा कोइरालाले भने अपरान्ह बाँसबारीस्थित काउन्सिलको कार्यालय पुगि पदवहाली गरेका हुन् ।

कीर्तिपुमा प्राडा बास्कोटालाई निमित्त उपकुलपति प्राडा सुधा त्रिपाठीले स्वागत गरेकी थिइन । यता काउन्सिलमा उपाध्यक्ष डा नारायण विक्रम थापाले प्राडा कोइरालालाई स्वागत गरेका थिए ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका प्राध्यापकद्धय डा बास्कोटा र डा कोइरालालाई सरकारले चार बर्षका लागि नियुक्त गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *