चारवटा मेडिकल कलेजको सम्वन्धन खारेज गर्न युवा चिकित्सकको माग

1.4k
Shares

काठमाडौँ, १५ कात्तिक । शुल्कको विषयमा पछिल्लो समय एकपछि अर्को गर्दै लफडामा परेका चारवटा मेडिकल कलेजको सम्वन्धन खारेज गर्न युवा चिकित्सक संघले सरकारसंग माग गरेको छ । संघले सरकारी निर्देशन अवज्ञा गर्ने, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयको नियम नमानेका कारण ती कलेजहरुको सम्वन्धन खारेज गर्न माग गरेको हो ।

सम्वन्धन खारेज गर्न भनिएका कलेजहरुमा गण्डकी मेडिकल कलेज पोखरा, युनिभर्सल मेडिकल कलेज भैरहवा, नेशनल मेडिकल कलेज बीरगञ्ज र चितवन मेडिकल कलेज चितवन रहेका छन् ।

संघका अध्यक्ष डा चेतन बस्नेतको अगुवाईमा गएको डाक्टरहरुको आज दिउसो भक्तपुरस्थित चिकित्सा शिक्षा आयोगको कार्यालय पुगेर उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीलाई ज्ञापन पत्र समेत बुझाएको छ । जसमा ती चारवटा कलेजको नाम तोकेर सम्वन्धन खारेज गर्नुपर्ने भनिएको छ ।

संघले आजै नेपाल मेडिकल काउन्सिलमा समेत तालाबन्दी गरेको छ । कलेजहरुको नियमन गर्ने निकाय काउन्सिल विद्यार्थीको समस्या समाधान गर्ने विषयमा मौन रहेको भन्दै विरोध स्वरुप तालाबन्दी गरेको संघले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *