ग्राण्डी अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली

1.3k
Shares

काठमाडौँ, १४ कात्तिक । दुई दिन देखि धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । केही बेर अघि उनी आफ्ना सहयोगी र सुरक्षाकर्मीका साथ बालुवाटार फर्केका छन् ।

मिर्गौलामा समस्या देखा परेपछि प्रधानमन्त्री ओलीलाई हिजो विहान ९ बजे ग्राण्डी अस्पताल पुरयाइएको थियो । उनको त्यहाँ हिजो र आज गरी दुईपटक हेमोडायालसिस समेत गरिएको थियो । उपचारमा प्रगति भएपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीलाई आफू ठिक रहेको प्रतिक्रिया मात्रै दिए ।

१२ बर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्या छिटो छिटो बल्झिरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *