ग्राण्डी अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली

काठमाडौँ, १४ कात्तिक । दुई दिन देखि धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । केही बेर अघि उनी आफ्ना सहयोगी र सुरक्षाकर्मीका साथ बालुवाटार फर्केका छन् ।

मिर्गौलामा समस्या देखा परेपछि प्रधानमन्त्री ओलीलाई हिजो विहान ९ बजे ग्राण्डी अस्पताल पुरयाइएको थियो । उनको त्यहाँ हिजो र आज गरी दुईपटक हेमोडायालसिस समेत गरिएको थियो । उपचारमा प्रगति भएपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीलाई आफू ठिक रहेको प्रतिक्रिया मात्रै दिए ।

१२ बर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्या छिटो छिटो बल्झिरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *