आज र भोलि पाँच बर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

काठमाडौँ, २ कात्तिक । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगर्त सरकारले आज र भोलि पाँच बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय निकायसंग मिलेर यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्यमहाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीका अनुसार पहिलो चरण अन्तर्गत ७५३ वटै पालिकाको ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका २४ लाख बालबालिकाहरुलाई जुकाको औषधि ९अलबेन्डाजोल० खुवाउने कार्यक्रम रहेको छ।

आजै महिला स्वास्थ्य स्वयंसेविकाहरुले ६ महिना देखि पाँच बर्ष सम्मका २७ लाख बालबालिकाहरुको पोषणस्थिति जाँच गर्न ‘एमयुएसी’ टेपबाट पाखुराको नाप लिदैछन् । त्यसैगरी छ महिना देखि २ बर्षसम्मका बालबालिकाहरुलाई बालविटा टयावलेट बाढ्ने योजना समेत बनाइएको छ ।

पराजुलीका अनुसार यो कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजार बढी महिला स्वास्थ्य स्वयंसेविकाले योगदान गर्ने छन् । दुई दिने यो कार्यक्रमका लागि विभागले भने प्रति दिन ४ सयका दरले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ताको समेत व्यवस्था मिलाएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *