भोलि हुने भनिएको न्याम्सको पीजी तहको प्रवेश परीक्षा स्थगित

काठमाडौँ, १ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले भोलि सञ्चालन गर्ने भनेको एमडी एमएस एमडीएसको प्रवेश परीक्षा स्थगित गरेको छ । परीक्षाको एक दिन अघि न्याम्स पदाधिकारीले बैठक बसी परीक्षा स्थगित गरेको हो ।

यसअघि यो परीक्षा भोलि दिउसो १ देखि ३ बजेसम्म ललितपुरको हात्तिवनस्थित लिटिल एन्जेल्स स्कुलमा हुने भनिएको थियो ।

परीक्षा रोक्न सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पत्र पठाएका थिए । सोही पत्रलाई आधार मानि न्याम्स पदाधिकारीहरुको बैठकले शनिबार (भोलि) को लागि तय भएको परीक्षा स्थगित गरेको हो ।

स्वास्थ्य मन्त्रालयबाट परीक्षा रोक्नु भन्ने पत्र आयो । त्यसपछि आज बैठक बसेर स्थगित गरियो । बैठकमा सहभागी एक पदाधिकारीले भने ।
न्याम्स स्रोतका अनुसार फारम भरेका कतिपय परीक्षार्थीहरुले टाढाबाट आउनुपर्ने र यो समयमा आउन नसक्ने र परीक्षा छुट्ने भन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए । त्यसैलाई आधार मानेर मन्त्री यादवले पत्र पठाएका थिए ।
नेपाल मेडिकल काउन्सिलले यस बर्ष एमडी एमएसतर्फ ११५ र डिएम÷एमसीएचतर्फ २१ सिट निर्धारण गरेको छ । जसमा एमडीरएमडीएमएसतर्फ एनेस्थेसियामा १५, डर्माटोलोजीमा २, इएनटीमा ४, इन्टरनल मेडिसिनमा १५, गाइनोकोलोजीमा १४, अप्थोमोलोजीमा १७, अर्थोपेडिक्समा ८ सिट दिएको छ ।

त्यसैगरी पेड्रियाटिक्समा ११, साइक्याट्रिकमा १, प्थाथोलोजीमा ३, एमडिजिपीमा ३, रेडियोलोजीमा ६, रेडिएसन अंकोलोजीमा २ र जनरल सर्जरीमा १४ सिट निर्धारण गरेको छ । डिएममा कार्डोलोजीमा ३, गास्ट्रो इन्ट्रोलोजीमा ३, हेपोटोलोजीमा २, मेडिकल अंकोलोजीमा २, नेफ्रोलोजीमा २ सिट निर्धारण गरेको छ ।

परीक्षा स्थगित भएसंगै परीक्षाका लागि तयारी गरेर आएका परीक्षार्थीहरु अन्योलमा परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *