जारजरकोट अस्पतालको न गुड्यो एम्बुलेन्स, न चल्यो एक्सरे

जाजरकोट, ११ असोज । जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स र एक्सरे मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् ।
गत असारमा बिग्रिएको अस्पतालको एम्वुलेन्स मर्मत नहुँदा विरामीहरुले सास्ती भोग्न बाध्य भएका हुन् ।

अस्पतालका अध्यक्ष धर्मशिला बस्नेतले कर्णाली प्रदेश सरकारबाट आउनुपर्ने बजेट नपठाउँदा एम्बुलेन्स मर्मत गर्न नसकिएको बताइन ।

यता एक साता देखि जिल्ला अस्पतालको एक्सरे सेवा पनि बन्द भएको छ । गत साता परेको चट्याङका कारण एक्सरे मेशिनमा समस्या आएको अस्पतालले जनाएको छ । एक्सरे मेसिन सञ्चालनमा नहुँदा बिरामी सेवा विहीन छन् । मेशिन मर्मतका लागि प्राविधिक बोलाएको अस्पताल अध्यक्ष बस्नेतले बताइन ।

दुर्गमको अस्पतालमा भएको एम्बुलेन्स र एक्सरे नै सञ्चालनमा नआउँदा सेवाका लागि आएका विरामीहरु मर्कामा परेको स्थानीय सरोकारवालाले बताएका छन् । उनीहरुले तत्काल ती सेवा सञ्चालनमा ल्याउन माग समेत गरेका छन् ।

‘एम्बुलेन्स छैन, बिरामीलाई स्टेचरमा राखेर अस्पताल लाने ल्याउने काम भएको छ । अझै कति दिन दुख पाउने ?’ अस्पतालमा भेटिएका बिरामीका आफन्तले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *