हैदरबादको फार्मा तथा ल्याव एक्स्पो अवलोकन गरी फर्कियो नेपाली टोली

काठमाडौँ, ८ असोज । आत्म निर्भरताको बाटो पच्छ्याउने क्रममा अघि बढेको नेपाली औषधि उद्योगले विश्व बजारमा आफ्नो उपस्थिति समेत बढाउन थालेको छ । पछिल्ला बर्षमा कतिपय मुलुकमा औषधि निर्यात समेत गरेका नेपाली उद्योगले विश्व बजारमा आएका नबिनतम प्रविधि र उपयोगको बारेमा समेत अध्ययन् गर्न थालेको छ ।

यसैक्रममा नेपालका औषधि उत्पादकहरुले  यसै साता भारतको हैदरबादमा भएको ‘सातौँ फार्मा एक्स्पो तथा इन्डियन ल्याव एक्स्पो’ २०१९ को अध्ययन् भ्रमण गरेका छन् ।

नेपाल औषधि उत्पादक संघ (एपोन)का अध्यक्ष दीपकप्रसाद दाहालको नेतृत्वमा गएको सात सदस्यीय प्रतिनिधि मण्डलले भारतको हैदरबादस्थित हाइटेक एक्जुबेसन सेन्टरमा एक्स्पोको अध्ययन् गरेको हो ।

‘नेपाली औषधि उद्योग विस्तारै आत्मनिर्भरताको बाटोमा अघि बढीरहेको छ । औषधिको उत्पादन र गुणस्तरमा नविनतम प्रविधिको प्रदर्शन गर्न आयोजित यस एक्स्पो हाम्रा लागि निकै महत्वपूर्ण थियो । त्यसैले हाम्रो टोली अवलोकनका लागि यहाँ आएको हो,’ प्रदर्शनीस्थलमा भेटिएका एपोनका अध्यक्ष दाहालले भने ।

एक्स्पो अवलोकनका लागि एपोनबाट बरिष्ठ उपाध्यक्ष जी नारायणबहादुर क्षेत्री, कोषाध्यक्ष प्रभात रुंगाटा, सदस्यद्धय सन्तोष बराल, विप्लव अधिकारी, सुवर्णभक्त जोशी, टिजिज फर्माका शैलेश बैद्यसहितको टोली पुगेको थियो ।

‘एक्स्पोमा औषधि बनाउने अत्याधुनिक उपकरण तथा ल्यावका नयाँ नयाँ सामग्रीहरुको प्रदर्शन थियो । यसले औषधि उद्योग स्थापना गरिसकेका र गर्ने क्रममा रहेकाहरुका लागि थप जानकारी दिने नै भयो,’ फार्मा एक्स्पोमा पुगेका सदस्य तथा आदि रेमिडिजका सन्तोष बरालले भने ।

इनोभेटिभ फर्मास्युटिकल्सका प्रोपाइटर समेत रहेका एपोनका अर्का सदस्य विप्लव अधिकारीले फार्मा एक्स्पोबाट अन्तराष्टिय जगतमा आएका नयाँ नयाँ प्रविधि र गुणस्तरका बारेमा जानकारी हुने बताए । ‘हामीले यहाँ आउँदा एक्स्पो मात्र अवलोकन गरेनौँ यहाँका ठूला औषधि उद्योगको समेत अवलोकन गरेका छौँ । यसले हामीलाई र अन्तत नेपाली औषधि उद्योगको श्रीबृद्धिमा महत्वपूर्ण अर्थ राख्दछ,’ उनले भने ।

यसपटक पनि एपोनले भारतमा भएको एक्स्पोमा तीन जना स्वास्थ्य पत्रकारलाई समेत समावेश गरेको थियो । ‘यसको उदेश्यक औषधिका बारेमा सञ्चारकर्मीलाई ज्ञान होस् भन्ने नै हो । हामीले हरेक बर्ष नेपालका स्वास्थ्य पत्रकारहरुलाई यस्ता भ्रमण गराउने गरेका छौँ,’अध्यक्ष दाहालले भने ।

एक्स्पो गत १९ देखी २१ सेप्टेम्बरसम्म चलेको थियो । एक्स्पोमा १० हजार बढीले अवलोकन गरेको आयोजकले बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *