औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारीमा पुन: नारायण ढकाल

काठमाडौँ, ६ असोज । औषधि व्यवस्था विभागको महानिर्देशक पुन: नारायण ढकाल बनेका छन् । सर्बोच्चको अन्तरिम आदेश अनुसार स्वास्थ्य मन्त्रालयले पत्र बनाइदिएपछि उनी आइतबार (हिजो) विभागमा पुगेर महानिर्देशकको रुपमा हाजिर भएका हुन् ।

गत १५ असारमा भएको कर्मचारी समायोजन पछिको पदस्थापनमा उनलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको बनाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सो निर्णय कार्यान्वयन नगर्न माग गर्दै ढकालले २५ असारमा रिट दायर गरेका थिए ।

त्यसको सुनुवाई गर्दै सर्बोच्चले २१ साउनमा ढकालको पक्षमा अन्तरिम आदेश दिएको थियो । सोही आदेश अनुसार ढकालले आइतबारबाट जिम्मेवारी सम्हालेका हुन् ।

‘सर्बोच्चको अन्तरिम आदेश दिदै त्यसको कार्यान्वयन गर्नु गराउनु भन्दै पत्र समेत पठाएको थियो । सोही अनुसार मन्त्रालयले मलाई पत्र दियो र आइतबार (हिजो)बाट पुरानै जिम्मेवारीमा फर्किएको छु,’  ढकालले भने ।

यसअघि ११ औँ तहका ढकाललाई प्रयोगशाला तर्फ पठाउँदा मन्त्रालयले १० औँ तहका पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो । तर दुई साता अघि अन्तरिम आदेशको कार्यान्वयन गर्नु गराउनु भन्दै विभाग र मन्त्रालयमा सर्बोच्चबाट पत्र आइसकेपछि क्षेत्रीले काम गरेका थिएनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारीमा पुन: नारायण ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *