नर्सको नामदर्ता प्रमाणपत्र परीक्षा कात्तिक ३० मा

840
Shares


काठमाडौँ, ६ असोज । नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने काउन्सिलले  जनाएको छ ।

परीक्षामा स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले नामदर्ता परीक्षामा आवेदन दिन सक्नेछन् । दर्ता परीक्षामा उत्तीर्ण भएपछि मात्र स्वास्थ्य सेवाका लागि योग्य मानिन्छ ।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले exam.nnc.org.np मा गई आवेदन दिन सकिने, दुई घण्टा ३० अवधिको परीक्षा १५० वटा प्र्रश्न सोधिने काउन्सिलले सूचनामा जनाएको छ । यसअघि काउन्सिलले असार १८ गते नामदर्ता परीक्षाको नतिजा सार्वजानिक गरेको थियो । सो परीक्षामा नेपाल र भारतका २१४ कलेजबाट ती तह उत्तीर्ण गरेका विद्यार्थी सहभागी रहेका थिए । हालसम्म काउन्सिलमा ८९ हजार ७८७ नर्सले नाम दर्ता गरेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *