चिकित्सा शिक्षाका लागि बंगलादेश पुगेका नेपाली विद्यार्थीले राजदुत डा. मिश्रलाई भेटेर समस्या सुनाए

काठमाडौँ, ३० भदौ । कार्यभार सम्हाल्न बंगलादेश पुगेका नवनियुक्त राजदुत डा बंशीधर मिश्रले त्यहाँका कलेजमा चिकित्सा शिक्षा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीसंग भेट गरेका छन् । सो क्रममा उनले नेपाली विद्यार्थीको समस्या समाधान गर्न सक्दो कोशिस गर्ने प्रतिवद्धता जनाएका छन् ।

शनिबार नेपाल बंगलादेश मेडिकल वेलफेयर सोसाइटी (एनबीएसएम) का अध्यक्ष रजनीश अधिकारी र बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटीमा पीजी अध्ययनरत डा सम्राट पराजुलीको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले राजदुत डा मिश्रसंग दुतावासमा भेट गरेको थियो ।

सो क्रममा उनीहरुले नेपाली विद्यार्थीहरुको समस्या सुनाएका थिए । उनीहरुले आफूहरुले अध्ययन्का क्रममा मेडिकल कलेजहरुबाट नियमानुसार पाउनुपर्ने तलव (स्टाईपेन्ड) र अन्य सुविधाबाट बन्चित बन्चित भएको भन्दै समस्या समाधानका लागि पहल गरिदिन राजदुत डा मिश्रलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

‘स्टाइपेन्डका लागि पहिला पनि पहल गरिदिन पहिले पनि प्रधानमन्त्री र परराष्टमन्त्री समक्ष कुरा पुर्याएका थियौँ तर राजदुत नहुँदा बंगलादेश सरकारसंग समन्वय गर्ने संयन्त्रको अभाव भयो भन्ने कुरा आयो । अव चाहि राजदुत आउनु भएको छ । समस्या समाधान होला कि ?,’ हाडजोर्नी विषयमा अधययन्रत डा पराजुलीले बताए ।

मेडिकल शिक्षाका लागि नेपालबाट बार्षिक ४ सय बढी नेपाली विद्यार्थी बंगलादेश जाने गर्दछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *