मेलम्ची : सुत्केरीलाई एम्बुलेन्स भाडा

180
Shares


मेलम्ची, २५ भदौ । मातृ तथा शिशु स्वास्थ्यलाई ध्यानमा राख्दै बाह्रबिसे नगरपालिकाले सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ । समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका कोही पनि सुत्केरी महिलाले ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाले एम्बुलेन्स भाडा प्रदान गर्ने योजना अघि सारेको हो ।

नगरपालिकाको आकस्मिक कोषबाट एम्बुलेन्स भाडावापतको रकम उपलब्ध गराइने नगरपालिले जनाएको छ । समयमै स्वास्थ्य केन्द्रमा पुग्न नसक्दा कयौँले ज्यान गुमाउने गरेकाले त्यसो नहोस् भनेर एम्बुलेन्सको भाडा उपलब्ध गराउने निर्णय गरिएको बताइएको छ ।

नगरपालिकाका अनुसार बाह्रबिसेदेखि धुलिखेलसम्मका लागि एम्बुलेन्स भाडावापत रु चार हजार उपलब्ध गराइने छ । बाह्रविसेदेखि काठमाडौँ पु¥याउनुपर्ने सुत्केरीलाई रु पाँच हजारका दरले एम्बुलेन्स भाडा प्रदान गरिनेछ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *