पाल्पा : पूर्वखोलाको हेकलाङ बन्यो पूर्ण संस्थागत सुत्केरी वडा

पाल्पा, २५ भदौ । पूर्वखोला गाँउ पालिका -६ हेकलाङलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । मंगलबार आयोजित विशेष कार्यक्रममा हेकलाङलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।

गाँउपालिकाका सूचना अधिकारी मोहन ढकालका अनुसार गत आर्थिक बर्षमा हेकलाङमा भएका ३८ जना सुत्केरीमध्ये २७ जना स्थानीय स्वास्थ्य चौकीमा र ११ जना तानसेनस्थित मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा गएर सुत्केरी भएका थिए ।

“घरमा सुत्केरी हुने क्रम सून्य भएपछि हामीले यो वडालाई पनि ‘जिरो होम डेलिभरी’ वडाको रुपमा घोषणा गरेका हौँ” ढकालले भने ।

मंगलबारको घोषणा कार्यक्रममा गाँउपालिका अध्यक्ष नुनबहादुर थापाले स्थानीय स्वास्थ्य चौकी प्रमुखलाई पूर्ण संस्थागत सुत्केरीको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै उनले पूर्वखोलालाई पाँच नम्बर प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी गाँउ पालिका बनाउने योजनामा आफूहरु लागेको र सो योजना पुरा हुने क्रममा रहेको समेत उल्लेख गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *