एसिड आक्रमणमा परेकी खातुनलाई भेटन् अस्पताल पुगे स्वास्थ्य राज्यमन्त्री डा. यादव

348
Shares

काठमाडौँ, २४ भदौ । स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले एसिड आक्रमणमा घाइते भएकी मुस्कान खातुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राज्यमन्त्री डा यादवले आज कीर्तिपुर अस्पताल पुगी खातुनको अवस्थाबारे जानकारी लिएका हुन् ।

सो क्रममा उनले खातुनेको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई निर्देशन दिएका छन् ।

वीरगञ्जस्थित हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत खातुनमाथि गत शुक्रबार एसिड प्रहार भएको थियो । हाल उनको अवस्था खतरामुक्त भएको छ ।

यस्तै समाजवादी पार्टीका संघीय सांसद प्रदीप यादवले एसिड आक्रमणबाट घाइते खातुनको उपचारका लागि ५० हजार रुपैयाँ दिएका छन् ।

उता प्रदेश २ का मुख्य मन्त्री लालबाबु रावत ले प्रदेश सरकारका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *