आईओएमको एमबीबीएस प्रवेश परीक्षा रोक्न सर्बोच्च अदालतको आदेश

काठमाडौँ, २० भदौ ।  सर्बोच्च अदालतले भोलि हुने तयारीमा रहेको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान आईओएम अन्तरर्गतको एमबीबीएस तहको प्रवेश परीक्षा सञ्चालन नगर्न त्रिविका नाममा अन्तरिम आदेश दिएको छ ।

सर्बोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भोलि हुने भनिएको प्रवेश परीक्षा स्थगित गरी आगामी २५ भदौमा छलफलका लागि आउन विपक्षीका नाममा आदेश दिएको छ ।

यसअघि चिकित्सा शिक्षा संघर्ष समितिका नाममा विद्यार्थीहरुले साझा प्रवेश परीक्षा हुनुपर्ने, ७५ प्रतिशत छात्रबृत्ति हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका थिए ।

महाराजगञ्ज मेडिकल क्याम्पसका स्ववियू सभापति डा मिलन गैरेले सर्बोच्चको आदेशसंगै त्रिविले चिकित्सा शिक्षा ऐनले प्रत्याभुत गरेका सबै व्यवस्था कार्यान्वयन गर्न सरकारलाई बाध्य पारेको प्रतिक्रिया दिए ।

यस्तो छ आदेश

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *