प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य : निजी चिकित्सक

212
Shares

काठमाडौँ, २० भदौ । सिंगापुरबाट उपचार गरि फर्केका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको क्याविनेट चिकित्सक प्राडा दिव्या सिंह शाहले बताएकी छन् । उनले प्रधानमन्त्री आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्षम रहेको समेत स्पष्ट पारेकी छन् ।

यसअघि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जम्मा भएका पत्रकारलाई कुनै प्रतिक्रिया दिएका थिएनन् । केही बेर अघि प्राडा शाहले जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री ओलकिो शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई बैज्ञानिक प्रविधिबाट हटाउने प्रक्रिया नेशनल युनिभर्सिटी अस्पताल (एनयुएच)मा पुरा भएको उल्लेख छ ।

मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गर्न उनी गत ५ भदौमा दोस्रो पटक सिंगापुर गएका थिए ।

यसअघि उनी १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर पु गी २७ साउनमा फर्किएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *