सङ्खुवासभामा पहिलो पटक इन्डोस्कोपी सेवा शुरु


खाँदबारी, २ भदौ । जिल्ला अस्पतालमा पहिलो पटक इन्डोस्कोपी सेवा शुरु भएको छ । आइतबारदेखि सेवाको शुरुआत गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए ।

जिल्लामा इन्डोस्कोपी सेवा नहुँदा सेवाग्राही धरान, विराटनगर र काठमाडौँ जस्ता ठूला शहर जानुपर्ने बाध्यता थियो । आफ्नै जिल्लामा सेवा शुरु भएपछि स्थानीय खुशी भएका छन् । वीर अस्पतालका डा भूपेन्द्र बस्नेतको टोलीले आइतबार र आज दुई दिन इन्डेसकोपी सेवा दिएको जिल्ला अस्पतालले जनाएको छ । टोलीले भोजपुरको षडानन्द नगरपालिका–६ का ६० वर्षीय रामबहादुर विश्वकर्माको उपचार गरेर सेवा शुरु गरेको थियो ।   रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *