पदनाम र स्तरबृद्धिको विषयमा स्वास्थ्यकर्मी अल्मलिएपछि यस्तो आयो सरकारी आश्वासन

काठमाडौँ, २ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनको कार्य सकिएपछि पदनाम तथा स्तरबृद्धि सम्वन्धी कार्य अघि बढ्ने बताएको छ । स्वास्थ्यका ट्रेड युनियनहरुले समायोजन पछि पदनाम तथा स्तरबृद्धिको विषय अलमलमा परेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराउँदै आएका थिए ।

मन्त्रालयले आज जारी गरेको सूचनामा मन्त्रालयले अहिले समायोजन तथा पदस्थापनलाई उच्च प्राथमिकता राखेर काम गरिरहेको भन्दै यो कार्य सकिनासाथ पदनाम तथा स्तरबृपद्धिको विषय अघि बढने बताएको छ ।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसंग समन्वय गरी पदनाम तथा स्तरबृद्धिको समस्या समाधान गरिन्छ । त्यसअघि अहिले विपत तथा बर्षातको समय छ त्यसैले खटिएको आ आफ्नै स्थानमा रही सेवा प्रवाह गर्ने कार्यमा लागि रहन सबैमा अनुरोध छ,’ मन्त्रालयले जारी विज्ञप्तीमा उल्लेख छ ।

हेर्नुहोस विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *