मकवानपुरमा डेङ्गुका बिरामी बढ्दै

92
Shares


हेटौँडा, २९ साउन । मकवानपुरमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको छ । हालसम्म डेङ्गुका बिरामीको सङ्ख्या बढेर १२४ पुगेको छ ।

साउन १० गते यहाँ डेङ्गुको सङ्क्रमण देखिएको थियो । डेङ्गुबाट जोगिन लामखुट्टे नियन्त्रणको आवश्यकता छ । सरसफाइ तथा लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शशीकान्त सिंहले जानकारी दिए । बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरीलगायत डेङ्गुबाट प्रभावित छन् ।

डेङ्गुबाट सबैभन्दा बढी प्रभावित हेटौँडा उपमहानगरपालिका–४ मा बृहत् सरसफाइ तथा डेङ्गु नियन्त्रण अभियान सञ्चालन गर्ने तयारी गरिएको उपमहानगरपालिका जनस्वास्थ महाशाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए । डेङ्गु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान तीव्र पारिएको छ ।

नियन्त्रणमा नआएपछि प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य निर्देशनालयले डेङ्गु रोगको अवस्था र यसको नियन्त्रणको प्रयासबारे बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नेभएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *