गएको आर्थिक बर्षमा गुल्मी अस्पतालमा भएका १२ नयाँ उपलब्धी

स्थापना काल देखि नै विभिन्न आरोह अवरोह पार गर्दै आएको गुल्मी अस्पताल अहिले ५० बेडमा सञ्चालन छ । पन्ध्र बेडमा चलिरहेको अस्पताल २०७१ सालमा ५० बेडमा स्तरोन्नती भएपछि अहिले अस्पतालले केही विशेषज्ञ सेवा समेत उपलव्ध गराउन थालेको छ ।

स्थापनाका बेला तम्घास अस्पताल नाम राखिएपनि पछि गुल्मी जिल्ला अस्पतालमा परिवर्तन गरियो । तर पछिल्लो पटक देश संघीय संरचनामा जाँदै गर्दा अहिले नाम पुन परिवर्तन भएको छ र गुल्मी अस्पतालमा नामाकरण भएको छ ।

यो अस्पताल अहिले ५ नम्बर प्रदेशको प्रदेश सरकार अन्तर्गतको मातहातमा पर्दछ । सानो भौतिक संरचना रहे पनि यसले उल्लेखनीय रुपमा सेवा प्रवाह गरिरहेको छ।

यस्ता छन् हामीले यो आर्थिक बर्षमा गरेका १२ उपलव्धी :

१. एक्सरे सेवा : स्थानीय सरकार रेसुंगा नगरपालिकाको सहयोगमा साधारण एक्सरेबाट कम्प्युटेराइज्ड एक्सरेमा उन्नति :

यसले सुलभ मुल्यमा, गुणस्तरयुक्त एक्सरे सेवा दिएको, असहाय तथा अति गरिबलाई सतप्रतिशत निशुल्क  सेवा दिन सकिने, समायोजनले असर नपारे अहिलेको मानव श्रोतमा एक जना रेडियोग्राफर थपेमा २४ सै घण्टा सेवा दिन सकिने ।

२. प्रयोगशाला : उल्लेखनीय रुपमा सेवा दिएको साथै २४ सै घण्टा सेवा रहेको र निम्न नयाँ जाँच सेवासुचारु भैसकेको :

  • थाइरोइडको जाँच :  हालै कर्मचारी मिलन केन्द्र, गुल्मीको सहयोगबाट आएको मेसिनबाट थाइरोइडको जाँच शुरु भैसकेको, यो स्ट्यान्डर्डको अस्पतालमा यत्तिको प्रयोगशाला जाँच बिरलै भएको र यसमा गुल्मी अस्पताल नमुना बनेको ।

३. फार्मेसी सेवा : अर्को उल्लेख गर्न लायक सेवा भनेको फार्मेसी सेवा हो, यो पनि नमुना सेवा रहेको, २४ सै घण्टा सेवा रहेको ।

४. सामाजिक सुरक्षा एकाइ: गत फाल्गुण देखि सामाजिक सेवा एकाइको स्थापना भएको, यस एकाइले विभिन्न १२ लक्षित समुहलाई ५० प्रतिशत देखि १०० प्रतिशत सम्म सेवामा सहुलियत दिदै आएको छ । यो एकाइको स्थापना भए पछि लक्षित समुहलाई सहुलियत सेवा दिएको ।

 ५. नसर्ने तथा दीर्घरोग सेवाहरु: उच्च रक्तचाप, मधुमेह, दम, बाथरोग अनि थाइरोइड समस्याको सेवा नियमित हुँदै आए पनि यसको छुट्टै बिशेष क्लिनिकबाट हरेक बिहिबार सेवा दिदै आएको छ ।

 ६.  मानसिक रोग सेवा : गत माघ देखि मानसिक रोगको उपचार पनि नियमित रुपमा निशुल्क उपचार दिदै आएको छ ।

७. भवन निर्माण शुरुवाती थालनी : डीपीआर तथा माटो परिक्षणको लागि नमूना संकलन भएको  ।

८. अल्ट्रासाउण्ड खरिद : अल्ट्रासाउण्डको सेवा चापलाई ध्यानमा राखी नयाँ अत्याधुनिक अल्ट्रासाउण्ड मेसिन खरिद गरिएको जसलाई आवश्यकता अनुसार इकोकार्डियोग्राफी सेवामा अपग्रेड गर्न सकिने ।

९.  शव भवन निर्माण : शव भवन अत्यन्त दयनीय अवस्थाम रहेकोले नयाँ दुइ तले भवन निर्माण गरिएको छ ।भुइँ तलामा मर्च्युरी फ्रिज राख्ने र दोश्रो तल्लामा पोस्टमोर्टम सेवा दिने ।

१० मर्च्युरी फ्रिज खरिद : वेवारिसे शव अनि आफन्तले हेर्न चाहे शव सड्नबाट रोकी लामो समय सम्म राख्न सकिने

११. पाँच कोठे तला सम्पन्न : २४ घन्टे शिफ्ट ड्युटीमा काम गर्ने कर्मचारीलाइ ध्यानमा राखी ५ कोठे नयाँ तला निर्माण भएको छ ।

१२.  पाली निर्माण : बिरामीको हितलाई मध्ये नजर गरी फार्मेसी तथा ल्याब सेवा अगाडि पाली निर्माण गरिएको जसले गर्दा बिरामीले बर्षा तथा प्रचण्ड गर्मी छुटकारा पाउने ।

यसअघि देखि नै चलि आएको यी सेवाहरु निरन्तर छ :

१. आमा सुरक्षा कार्यक्रम: २४ सै घण्टा

  • आमा सुरक्षा कार्यक्रम अन्तर्गत नियमित गर्भ जाँच
  • गर्भवती आमालाई चाहिने परामर्श तथा रगत जाँच  अनि भिडियो एक्सरे जाँच
  • नर्मल डेलिवरी, कम्प्लिकेटेड डेलिवरी, नर्मल डेलिवरी हुन नसके, आमा वा बच्चालाई अप्ठ्यारो पर्ने अवस्था आएमा तुरुन्त अपरेसन गरि डेलिवरी गरी रहेको
  • आमा सुरक्षा कार्यक्रममा बिरामीलाई बिरलै रेफर गर्नु परेको छ

२. नवजात शिशु सेवा : २४ सै घण्टा यस सेवाको लागि भएको साधन श्रोतबाट नवजात शिशुको सेवा सुचारु भै रहेको र एउटा छुट्टै वार्ड रहेको, लायन्स क्लब इन्टरनेशनललेथप सुबिधाको लागि फोटोथेरापी मेसिन उपलब्ध गराएको

३. जनरल सर्जरी सेवा : एपेन्डिक्स, हाइड्रोसिल, हर्निया र अन्य सेवा नियमित भएको र केही कस्मेटिक सर्जरी पनि सुचारु भै रहेको

४. हाड जोर्नी सेवा : हाडजोर्नीमा प्लास्टरहरु नियमित भएको, कुहिनो तथा काँधको जोर्नी फुस्किनेको पनि उपचार दिदै आएको

५. मुटु तथा फोक्सोका दमका रोगीको सेवा : दमका बिरामीका लागि ३ ओटा बेड छुट्टयाई नियमित उपचार भै राखेको, दमका बिरामीलाई चाहिने अक्सिजन मेसिनबाट दिइन्छ र सो सेवा अहिले सम्म नि:शुल्क उपलब्ध गराउदै आएको छ

६. डट्स कार्यक्रम: क्षयरोगका बिरामीले नि:शुल्क खकार जाँच तथा नि:शुल्क औषधी उपलब्ध

७. एच आइ भी परामर्श तथा उपचार : नि:शुल्क जाँच तथा नि: शुल्क औषधी उपलब्ध

८. खोप सेवा : हप्ताको ३ दिन – आइतबार, मंगलवार र बिहिबार

९. गर्भवती जाँच : दैनिक

१० गर्भासयको मुखको जाँच  : हप्ताको १ देखि २ पटक –  सेवाग्राहीको चाप हेरेर

११. क्लिनिकल सेवा : बहिरंग, इमर्जेन्सी, अन्तरंग सेवा (बिरामी भर्ना गरी उपचार गरिने सेवा)

१२ अस्पतालमा आधारित एक द्वार संकट व्यवस्थापन केन्द्र :  नियमित रुपमा सेवा भएको

१३. अल्ट्रा साउण्ड सेवा: चिकित्सकबाट २४ सै घण्टा उपलब्ध भएको

१४. प्रयोगशाला सेवा : २४ सै घण्टा सेवा

  • रगत तथा पिसाबकोसामान्य जाँच:  रगतको मात्रा, रक्त समूह, संक्रमण भएको, पिसाबको संक्रमण, पिसाबमा रगत बगेको तथा प्रोटीन गुमेको साथै गर्भ जाँच
  • कलेजोको जाँच
  • मृगौलाको जाँच
  • बोसोको जाँच
  • लवणको जाँच
  • कल्चर सेवा : रगत, पिसाब तथा अन्य शारीरिक तरल पद्धार्थको कल्चर गर्दै आएको ,यो स्ट्यान्डर्डको अस्पतालमा यत्तिको प्रयोगशाला जाँच बिरलै भएको र यसमा गुल्मी अस्पताल नमुना बनेको
  • जिन एक्स्पर्ट सेवास् उच्च प्रविधिको जिन एक्स्पर्ट मेसिन जसले साधरणतया खकार जाँच गर्दा नभेटिएका क्षयरोगका किटाणु छ छैन भनि पत्ता लगाउछ,यो स्ट्यान्डर्डको अस्पतालमा यत्तिको प्रयोगशाला जाँच बिरलै भएको र यसमा गुल्मी अस्पताल नमुना बनेको

१५. एक्सरे सेवा: नियमित रहेको

१६. बायोमेडिकल सेवा: अस्पतालका सामान मर्मत गर्नु परेमा बायोमेडिकल एकाइ रहेको

१७. सेन्ट्रल बिलिंग सेवा : इलेक्ट्रोनिकसेन्ट्रल बिलिंग सिस्टम संचालनमा रहेको

१८.  CME (Continue Medical Education): नियमित रुपमा हरेक बिहिबार संचालन भैरहेको :  स्वास्थ्यकर्मी अपडेट भै रहन रोगको निदान तथा त्यसको नया उपचार बिधि, नया राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्देशिकाहरु सम्बन्धी छलफल, यसमा ाforeign consultant doctor  ले पनि प्रस्तुति गर्दछन

१९. स्वास्थ्य शिक्षाका सूचना : स्वास्थ्य सम्बन्धी विभिन्न सूचना तथा सेवाग्राहीका दायित्व र अधिकारहरु डिस्प्ले गरेको

२०. एम्बुलेन्स सेवा सहजीकरण : एम्बुलेन्स सेवाको लागि इमर्जेन्सी र अन्तरंग बिभागमा सम्पर्क नम्बर सहित सुची राखेको

हामीले सरकारी निजी सहकार्य (PPP model) पनि लागू गरेका छौँ : 

  •  निक साइमन इन्स्टिच्युट सँग सम्बन्ध निरन्तरता कायम गरेको
  •  मानबहादुर एण्ड मायादेवी फाउन्डेसन सँग दुई जना ल्याब असिस्टेन्टको लागि सहयोग लिएको
  • पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान सँग समन्वय गरी MBBS final year students को लागि रुरल टिचिंग हस्पिटल को रुपमा स्थापित गरेको रforeign consultant volunteer doctor नियमित रुपमा पाटन अस्पताल बाट समन्वय भैरहेको
  • Tamghas Technical institute बाट हरेक वर्ष अनमी र अहेव बिद्धार्थीले OJT गर्ने गरेको

 

#डा. पच्या गुल्मी अस्पतालका मेडिकल सुपरीटेन्डेन हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *