पाँच बर्षको अवधीमा देशभर एघार गुणाले बढ्यो डेंगु संक्रमण

काठमाडौँ, २४ साउन । गएको आर्थिक बर्षमा देशका ४४ जिल्लाका ३ हजार ४२५ जनामा डेंगुको सक्रमण भेटिएको छ । यो संख्या पाँच बर्ष अघिको तुलनामा ११ गुणाले बढी हो । पाँच बर्ष अघि डेंगुको ३०२ जना डेंगु विरामी भेटिएका थिए ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तीन बर्षमा डेंगुको संक्रमण क्रमश बढ्दै गएको छ ।

आर्थिक बर्ष २०७३/७४मा १ हजार ५२७ जना, आर्थिक बर्ष २०७४/७५ मा २ हजार १११ जना र आर्थिक बर्ष २०७५/७६ मा ३ हजार ४२५ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

आर्थिक बर्ष २०७१/७२ मा ३०२ जनामा भेटिएपनि आर्थिक बर्ष २०७२/७३मा डेंगु संक्रमितको संख्या केही घटेको थियो । सो बर्ष १३४ जना मात्रै डेंगु संक्रमित भेटिएका थिए ।

गत बैशाख ३० का दिन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो केश भेटिएको डेंगुले त्यसयताको चार महिनाको अवधीमा धेरैलाई सक्रमण गरेको छ । तर अहिलेसम्म कसैको ज्यान नगएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो आर्थिक बर्षमा डेंगुको महामारीको रुप लिएको प्रदेश नं १मा सबैभन्दा बढी केश ३ हजार १५२ जनामा संक्रमण भएको तथ्यांक छ । सबैभन्दा कम भने कर्णाली प्रदेशमा भेटिएको छ । गत आर्थिक बर्षमा कर्णाली प्रदेशमा १ जनामा मात्रै डेंगु भेटिएको छ । बढी भेटिने दोस्रो नम्बरमा प्रदेश नं ३ रहेको छ । त्यहाँ १२६ जनामा डेंगु संक्रमण भएको महाशाखाले प्रस्तुत गरेको तथ्यांकले बताएको छ ।

पछिल्लो आर्थिक बर्षमा सबैभन्दा बढी डेंगु भेटिएको जिल्ला सुनसरी रहेको छ । त्यहाँ ३ हजार २५ जनामा डेंगु देखा परेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *