जिल्ला अस्पताल हुम्लामा बन्यो हेलिप्याड

हुम्ला २४ साउन । जिल्ला अस्पताल हुम्लामा हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणका लागि कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
हेलिप्याडसँगै १०० मिटर सडक कालोपत्रेलगायत संरचना निर्माण गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपालदोर्जे लामाले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालदेखि सिमकोट विमानस्थलसम्म बिरामीलाई पु¥याउन समस्या भएपछि अस्पताल परिसरमै हेलिप्याड निर्माण गरिएको हो ।
हेलिप्याड निर्माण सम्पन्न भएपछि चार दिनसम्म सुत्केरी ब्यथाले थलिएकी एक महिलाको हेलिकप्टरमा उद्धार गरिएको जिल्ला अस्पतालका डा टसी लामाले जानकारी दिए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



