जिल्ला अस्पताल हुम्लामा बन्यो हेलिप्याड

हुम्ला २४ साउन । जिल्ला अस्पताल हुम्लामा हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणका लागि कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

हेलिप्याडसँगै १०० मिटर सडक कालोपत्रेलगायत संरचना निर्माण गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपालदोर्जे लामाले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालदेखि सिमकोट विमानस्थलसम्म बिरामीलाई पु¥याउन समस्या भएपछि अस्पताल परिसरमै हेलिप्याड निर्माण गरिएको हो ।
हेलिप्याड निर्माण सम्पन्न भएपछि चार दिनसम्म सुत्केरी ब्यथाले थलिएकी एक महिलाको हेलिकप्टरमा उद्धार गरिएको जिल्ला अस्पतालका डा टसी लामाले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *