उपराष्ट्रपति पुनले दिए क्यान्सर पीडितलाई एक महिनाको तलव

काठमाडौँ, २३ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो एक महिनाको तलब क्यान्सर पीडितका लागि सहयोग गरेका छन् । उनले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गरेको हुन् ।

उपराष्ट्रपति पुनले कर तथा अन्य कट्टि भई पाउने एक महिनाको तलब रकम ६२ हजार रुपैयाँ क्यान्सर सहयोग अभियानका अध्यक्ष डा. सुदिप श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

नेपाल क्यान्सर सहयोग समूहले गत १८ साउनमा आयोजना गरेको ‘सुदिप्त सुपर किड्स क्यान्सर सभाईभर र्‍याम्प वाक’ मा प्रमुख अतिथि बनेका उपराष्ट्रपति पुनले आफ्नो एक महिनाको तलव क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

उपराष्ट्रपतिले रकम हस्तान्तरण गर्दै क्यान्सर पीडितहरुलाई सबैले सहयोग र माया गर्नुपर्ने बताए । सहयोग रकम लिंदै क्यान्सर सहयोग अभियानका अध्यक्ष श्रेष्ठले उपराष्ट्रपतिको सहयोगबाट आफूहरु र क्यान्सर पीडितहरु अत्यन्त उत्साहित भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *