नेपाल चिकित्सक संघको निर्वाचन १५ माघ अगावै

काठमाडौँ, २३ साउन ।  मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाएका डा. बाबुराम मरासिनीले १५ माघ अगावै नेपाल चिकित्सक संघ (एनएमए)को चुनाव सम्पन्न हुने बताएका छन् ।

आगामी १५ देखि १७ फागुनका लागि पोखरामा ‘एनएमए-कन’ हुने निधो भइसकेको भन्दै उनले त्यसको एक महिना अघि नै चुनाव सम्पन्न हुने बताएका हुन् । यद्धपी मिति भने तय भइनसकेको उनले बताए ।

गत ११ फागुनमा बसेको एनएमए काउन्सिलको बैठकले डा मरासिनीलाई मुख्य निर्वाचन अधिकृत तोक्ने निर्णय गरेको थियो ।

‘अहिले मतदाता अपडेट हुने क्रम चलेको छ । यो क्रम मंसिर मसान्तसम्म चल्न सक्छ । त्यसपछि पुसको अन्तिम र माघको पहिलो साता गरी दुई चरणमा चुनाव हुनसक्छ । हामीले त्यहि तयारी शुरु गरेका छौँ,’ डा. मरासिनीले भने ।

सबैभन्दा पुरानो पेशागत संगठन भएपनि एनएमए चुनावमा राजनीतिले प्रभाव पार्छ ।

यसअघिका निर्वाचनमा नेपाली कांग्रेसप्रति आस्था राख्ने चिकित्सकले प्रजातान्त्रिक समूह र नेकपा निकट आस्था राक्ने डाक्टरहरुले समावेशी प्रगतिशील समूह भनेर उम्मेद्धारहरु खडा गर्दथे । र हरेक जसो निर्वाचनबाट कांग्रेस निकट चिकित्सकहरुको समूह हावी हुँदै आएको छ ।

मिति तोकिएपछि यी समूहले आगामी निर्वाचनका लागि उम्मेद्धार छनौट गर्ने कार्यलाई तिब्रता दिने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *