स्वास्थ्य सचिव डा. चौधरीको अवकाश ६ मंसिरमा, महानिर्देशक प्याकुरेलको ५ साता पछि (दशौँ र एघारौँ तहका को – कहिले ?)

काठमाडौँ, १४ साउन । गत महिना स्वास्थ्य सचिव डा पुष्पा चौधरी विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) को भारतस्थित कन्ट्रि अफिसका लागि पी फाइव तहको पोष्टमा छनौट भएको समाचार सार्वजनिक हुँदा धेरैले अचम्म मानेका थिए ।

किनकी सचिव डा चौधरीको कार्यकाल अझै केही बर्ष बाँकी छ भन्ने धेरैलाई लागेको थियो तर बास्तविकता भने त्यसो होइन । उनले अवको करीब साढे तीन महिना पछि अर्थात ६ मंसिरमा अनिवार्य अवकाश पाउँदै छिन् । त्यस हिसावले उनले डव्लुएचओमा जाने तयारी गर्नु अनौठो होइन ।

स्रोतका अनुसार उनी त्यसभन्दा अघि नै राजिनामा दिएर डव्लुएचओको जागिरमा प्रवेश गर्ने तयारीमा छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव मात्रै होइन स्वास्थ्य सेवा विभागका महानिर्देशक (१२ औँ तह) पनि अवकाश हुने मिति नजिकिएको छ । उनले अवको पाँच साता पछि अर्थात २२ भदौमा अनिवार्य अवकाश पाउँदैछन् ।

निजामति किताव खानाका अनुसार चालु आर्थिक सचिव र महानिर्देशक सहित दशौँ र एघारौँ तहका गरी २९ जनाले अनिवार्य अवकाश पाउँदैछन् ।

यस्तो छ चालु आर्थिक बर्ष भित्र अवकाश पाउनेहरुको सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *