तपाँईको निद्रा प्रयाप्त छ ? जाँच्नुहोस् आफै

एजेन्सी । निद्रा समग्र स्वास्थ्यको लागि अत्यन्त पूर्ण चिज हो । सामान्यत हामीले आफ्नो जीवनको एक तिहाई सुत्दछौँ । तर कतिपयका जीवनमा आइपर्ने व्यस्तताले गर्दा सहि समय सुत्न सकिरहेका हुँदैन् । खासमा स्वस्थ रहनका लागि एक दिनमा कति समय सुत्नुपर्छ ? स्लिप फाउन्डेशन यस्तो सूची सार्वजनिक गरेको छ ।

जन्मेदेखि ३ महिना उमेर समूह : जन्मेदेखि ३ महिनासम्मका बच्चाहरु (न्युबर्न) कम्तीमा १४ देखि १८ घण्टासम्म निदाउनु पर्छ ।

४ महिना देखि ११ महिना उमेर समूह : चार महिना देखि ११ महिना उमेर समूहका बच्चाहरु ( इनफान्टस एज)का बच्चाहरु दैनिक रुपमा १२ देखि १५ घण्टासम्म निदाउनु पर्छ ।

१ बर्ष देखि २ बर्षसम्म उमेर समूह :  एक बर्ष देखि दुई बर्षसम्मका बालबालिकाहरु ११ देखि १४ घण्टासम्म सुत्नु राम्रो मानिन्छ ।

३ देखि ५ बर्ष उमेर समूह : तीन देखि पाँच बर्ष उमेर समूहका बालबालिकाहरु दैनिक रुपमा १० देखि १३ घण्टासम्म सुत्नुपर्छ ।

६ देखि १३ बर्ष उमेर समूह : छ देखि १३ बर्ष उमेर समुहका बालबालिका स्कुले उमेरका बालबालिका हुन् । उनीहरु दैनिक ९ देखि ११ घण्टा सुते राम्रो मानिन्छ ।

१४ देखि १७ बर्ष उमेर समूह : टिन एज भनिने यो उमेर समूहका केटाकेटीहरु हरेक दिन ८ देखि १० घण्टा सुन्तु राम्रो मानिन्छ ।

१८ देखि २५ बर्ष उमेर समूह : यो उमेर समूहमा व्यक्तिहरु किशोर तथा युवा उमेरका हुन्छन् । यसमा हरेक दिन दैनिक ७ देखि ९ घण्टा सुत्दा हुन्छ ।

२६ देखि ६४ वर्ष उमेर समूह : यो उमेर समूहका व्यक्तिले पनि हरेक दिन दैनिक ७ देखि ९ घण्टा निदाउनु उचित हुन्छ ।

६५ बर्ष माथिका व्यक्तिहरु हरेक दिन ७ देखि ८ घण्टासम्म निदाउनु स्वास्थ्यको लागि उपयुक्त हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *