चिकित्सक लाइसेन्स परीक्षामा फेल हुनेहरु आन्दोलित, प्रश्नपत्र पुनरावलोकन गर्न माग
काठमाडौँ, १३ असार । चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा पटक पटक फेल हुनेहरुले पास हुनका लागि आन्दोलन शुरु गरेका छन् ।
उनीहरुले पहिलो चरणमा लाइसेन्स परीक्षासंग सरोकार राख्ने निकायमा ज्ञापन पत्र बुझाउँदै हिनेका छन् । आफ्ना १० बुँदे माग सहित हिजो स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाउन पुगेको सो समूह ज्ञापन पत्र बुझाउन नेपाल मेडिकल काउन्सिल पुग्दैछ ।
समूहको अगुवाई गरेका राम थापा क्षेत्रीले लाइसेन्स परीक्षाको अहिलेको पद्धती ठिक नभएकोले त्यसलाई सच्याउन आफूहरु आन्दोलित भएको बताएका छन् । तर उनीहरुको कुरा मान्न स्वयं चिकित्सकहरु नै तयार छैनन् ।
त्यसो त फेल हुने समूहको माग पनि उत्तिकै अनौठो छ । परीक्षाको प्रश्नपत्र पुनारावलोकन हुनुपर्ने, फेल भएकाहरुले पनि सरकारी अस्पतालमा सिनियर चिकित्सकको सुपरभिजनमा चिकित्सकीय अभ्यास गर्न पाउनुपर्ने, परीक्षाको प्रश्न प्रतिस्पर्धात्मक भन्दा पनि स्नातक तहमा हासिल गरेको ज्ञान सीप र अनुभवको आधारमा हुनुपर्ने, लाइसेन्स परीक्षाको नतिजा पुनरावलोकन गरिनुपर्ने लगायतका छन् ।
काउन्सिलका पूर्व सदस्य डा कृष्ण अधिकारी भन्छन्, ‘यो विषय जनताको स्वास्थ्य संग जोडिएको विषय हो । राज्यले जनतालाई कुनस्तरको मान्छेले उपचार गर्ने भन्ने मापदण्ड तय गरेको हुन्छ । त्यस्तो तय गर्दा हाम्रो जस्तो देशले परीक्षामात्रै लिने हो । त्यो पनि ५० प्रतिशत अंक ल्याए पुग्छ । विकसित देशमा त सीप परीक्षा समेत हुन्छ । त्यसैले यसमा अन्याय भए जस्तो गर्नु पर्दैन । अर्को कुरा एक दुई पटक फेल हुने र पास हुने भन्ने सामान्य कुरा हो । तर एउटै व्यक्ति पटक पटक फेल हुन्छ भने त्यो व्यक्तिमा केही कैफियत हो कि भनेर किन नसोच्ने ?’ उनले भने ।
आन्दोलनको अगुवाई गरेका क्षेत्री यसअघि राष्ट्रपतिबाट चिकित्सकको रुपमा पदक पाउँदा समेत विवादमा तानिएका थिए । यद्धपी उनले आफूलाई सामाजिक कार्यका लागि सम्मान गरेको भन्दै स्पष्टीकरण दिदै आएका छन् ।
फेल हुने चिकित्सकरुको १० बुँदे माग यस्तो छ
सम्पर्क इमेल : [email protected]
Hei teri too . Padne bela napdne ahile andolan , derai pass bhaka xan ta.
Khate haru….. tero baule delhayo aandolangareko.