बागलुङमा ‘स्वस्थ जीवन’ अभियान

44
Shares

बागलुङ, ३२ जेठ । ‘स्वस्थ जीवन’ अभियानअन्तर्गत गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर र योग शिविर सञ्चालन गरेको छ ।

निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरबाट ३०४ ले सेवा लिएका छन् । धौलागिरि अञ्चल आयुर्वेद औषधालय, बागलुङमा शिविर चलेको थियो । “बिरामीको निःशुल्क जाँचसहित औषधि पनि वितरण ग¥र्यौँ”, औषधालयका प्रमुख हरि पौडेलले भने, “५० जनाले प्रयोगशाला सेवा पनि लिनुभएको छ ।” शिविरमा पोखरादेखि आएका विशेषज्ञ आयुर्वेद चिकित्सक कमल शर्मा, कमलराज अधिकारीलगायतले बिरामीलाई सेवा प्रदान गरेका थिए ।

बिहीबारदेखि शुरु भएको योग शिविर भने आजसम्म चल्नेछ । स्वस्थ जीवनयापनमा सघाउने उद्देश्यले मन्त्रालयले निःशुल्क योग शिविर सञ्चालन गरेको हो । शिविरमा योग गुरु डा योगी विकासानन्दले सहजीकरण गरिरहनुभएको छ । योग साधनाका विधिबारे शिविरमा प्रशिक्षण भइरहेको सहभागी कोपिला कँडेलले बताइन् । “योगका माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ रहने उपायबारे राम्रो सिकाइ भएको छ”, उनले भनिन् । शिविरमा दैनिक ४०० को सहभागिता छ ।

मन्त्रालयले प्रदेशका नागरिकको जीवनशैलीलाई स्वस्थ र तनावमुक्त बनाउन योग शिक्षा प्रवद्र्धनमा जोड दिएको छ । सबै उमेर समूहका नागरिकलाई योग अभ्यासबारे प्रशिक्षित गर्ने मन्त्रालयाको उद्देश्य छ । “नसर्ने रोगको औषधि नै योगा हो”, योगी विकासानन्दले भने, “स्वस्थ र सुखी नागरिक तयार गर्न योग जरुरी छ ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *