हुम्लाको ठेहे स्वास्थ्यचौकीलाई ३६ प्रकारका औषधि सहयोग

120
Shares


हुम्ला, ३० जेठ । सधैँ औषधि अभाव हुने हिमाली जिल्ला हुम्लाको ठेहे स्वास्थ्य चौकीमा विकासका लागि साझा मञ्च(सिएफडी) नेपाल नामक संस्थाले औषधि सहयोग गरेको छ । सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिनका लागि ३६ प्रकारका औषधि सहयोग गरेको मञ्चका जिल्ला कार्यक्रम संयोजक शौरभ लामाले जानकारी दिए ।

वडा २ मा रहेको ठेहे स्वास्थ्य चौकीमा साविक वडा १ देखि ६ सम्मका करीब पाँच सय घरधुरीले उपचार गर्ने भएकाले औषधि सहयोग गरेको जिल्ला संयोजक लामाले जानकारी दिए । सदरमुकाम सिमकोटबाट सात कोष टाढा पर्ने ठेहे स्वास्थ्य चौकीमा औषधि अभावका कारण बिरामीलाई समस्या हुन नदिनका लागि औषधि सहयोग गरिएको मञ्च नेपालका जिल्ला कार्यक्रम संयोजक लामाले बताए ।

३६ प्रकारका औषधि ठेहे स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा वडा सदस्य बाँचपुरी भण्डारी, ठेहे स्वास्थ्य चौकी इञ्चार्ज रमेशकुमार सापकोटालाई विकासका लागि साझा मञ्च नेपालका जिल्ला संयोजक शौरभ लामाले हस्तान्तरण गरे ।

विकासका लागि साझा मञ्च नेपाल नामक संस्थाले साविक सिमकोट, ठेहे, डाडाफयाँ, खार्पुनाथ गाविसमा स्वास्थ्य, शिक्षा, कृषि, पशु क्षेत्रमा २०६५ सालदेखि काम गर्दै आएको लामाले जानकारी दिए। औषधि खरीददेखि सिमकोट ल्याउन भाडादर गरेर पाँच लाख बराबरको औषधि हस्तान्तरण गरिएको हो ।

गाउँघरमा यतिबेला सामान्य रुघाखोकीदेखि पखालाका बिरामीहरु हुने सिजन भएकाले ठेहे स्वास्थ्य चौकीमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्य चौकीप्रमुख रमेशकुमार सापकोटाले जानकारी दिए । गाउँघरमा उनीहरूको उपचारमा निरन्तर औषधि आवश्यक हुन्छ । सिएचडी नामक संस्थाले ठेहे स्वास्थ्य चौकीमा ३६ प्रकारका औषधि सहयोग गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *