हेटौँडामा थप छ वटा नयाँ स्वास्थ्य केन्द्र बन्दै

172
Shares


हेटौंडा, २६ जेठ । हेटौँडा उपमहानगरपालिकाले नगरका सबै क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन थप छ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भएकाले यसलाई विशेष जोड दिँदै स्वास्थ्य केन्द्र निर्माण गर्न लागेको हो ।

उपमहानगरले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले हाल सञ्चालन भइरहेका स्वास्थ्य संस्थालाई पनि थप सुविधा सम्पन्न बनाउने र नगरका विभिन्न वडामा छ वटा नयाँ स्वास्थ्य केन्द्र थप्ने निर्णय गरेको जनाएको छ ।

विगतमा हेटौँडा शिक्षा र स्वास्थ्यमा पछाडि परेकामा हाल शिक्षा क्षेत्रमा निकै नै प्रगति गरेपनि स्वास्थ्य क्षेत्र कमजोर रहेकाले यसतर्फ उपमहानगर लागेको बताउनहुन्छ प्रमुख हरिबहादुर महत । उपचार नपाएर कोही कसैले पनि मृत्युको मुखमा पुग्न नपरोस् भन्ने उदेस्यले थप छ वटा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको प्रमुख महतले बताए ।

गतवर्ष हेटौंडाको हटियामा चिकित्सकसहितको शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । यसवर्ष हेटौंडाको वडा नं १, ४, ५, १२, १६ र १८ मा शहरी स्वस्थ्य केन्द्र स्थापना हुने उपमहानगरपालिकाले जनाएको छ ।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *