पाल्पा : रिब्दिकोटमा जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परीक्षण

332
Shares

पाल्पा, २४ जेठ । साठी बर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरि रिब्दिकोट गाँउपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

परमानन्द बाल बृद्ध कल्याण संघ पाल्पाको आयोजना, सामुदायिक सेवा केन्द्र काठमाडौं, नेपाल बिकास केन्द्र, एशियन डाईग्नोष्टिक ल्याब्रोटरी प्रालि र देवदह मेडिकल कलेजको प्राविधिक सहयोग तथा रिब्दिकोट गाँउपालिकाको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

पहिलो दिन नारायण माध्यमिक विद्यालयको परिसर धुसटुङमा र दोस्रो दिन कालिका आधारभूत विद्यालयको परिस भारकोटमा शिविर चलेको थियो । दुई दिने शिविरमा ४०३ जनाले स्वास्थ्य परीक्षण गराएको प्राविधिक टोलीका संयोजक डा प्रदीप ज्ञवालीले बताए ।

शिविरका लागि त्रिवि शिक्षण अस्पतालका डाक्टर ज्ञवालीको नेतृत्वमा डा सञ्जिता भुषाल, डाक्टर बिदुर लुईटेल लगायतको १२ जनाको टोली रिब्दिकोट पुगेको थियो । शिविरमा जनरल फिजिसियन, हाड जोर्नी तथा छालाको परीक्षण र आवश्यक औषधि समेत निशुल्क वितरण गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *