जाजरकोट अस्पतालमा एचएमआईएस जडान

4
Share

जाजरकोट, २२ जेठ । यहाँको जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएमआइएस) जडान गरिएको छ । भेरी नगरपालिकाको रु छ लाखको सहयोगमा सोे सफ्टवेयर जडान गरिएको हो ।

नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गर्दै भने, “नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा यस्तो व्यवस्था गरिएको हो ।” जाजरकोट अस्पताल भेरी नगरपालिकाको मात्र नभएर जिल्लाका ७ वटै स्थानीय तहकका जनताको उपचार गर्ने थलो भएको उनको भनाइ छ ।

अस्पतालको चौतर्फी विकास तथा व्यवस्थापनमा भेरी नगरपालिकाले सक्रियता देखाएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले जानकारी दिइन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *