प्रोस्थोडोन्टिक्सको मध्यावधि सम्मेलन आगामी शुक्रबार

24
Shares

काठमाडौँ, २१ जेठ । नक्कली दाँत बनाउने चिकित्सक (प्रोस्थोडोन्टिक)हरुको मध्यावधी सम्मेलन आउदो शुक्रबार काठमाडौँमा हुने भएको छ ।

नेप्लीज प्रोस्थोडोन्टिक सोसाईटी (एनपीएस)को आयोजनामा हुने उक्त सम्मेलनमा देशभरबाट एक सय बढी चिकित्सकको सहभागिता हुने मिडिया संयोजक डा प्रकाश बुढाथोकीले बताए ।

लैनचौरस्थित होटल शंकरमा हुने यसपटकको सम्मेलनमा प्रमुख बक्ता नेपाली मुलका बेलायती डा. अनिल श्रेष्ठ रहेका छन् । उनले बेलायतको २५ बर्षे प्रोस्थोडोन्सियाको अनुभवलाई पुरा दिन प्रस्तुती दिनेछन । यस्का अतिरिक्त बिगतमा भोगेका अप्ठेरा र भविष्यमा हुनसक्ने समस्याका बारेमा पनि अनुभव बाड्दैछन ।

बेलायत जान चाहने नव दन्त चिकित्सकलाई त्यहाँको नीति कार्यक्रम र अपनाउन पर्ने विधिका बारेमा जानकारी लिन सहज हुने बताइएको छ । साथै नेपाली दन्त चिकित्सक र प्रोस्थोडोन्टिकहरुलाई पनि हामी बेलायतको दन्त चिकित्साको तुलनामा कहाँँ छौँ भन्ने आंकलन गर्न समेत सहयोग हुने डा बुढाथोकीले बताए ।

सम्मेलनमा दाँत तथा अनुहारका केहि अंग नभएको अवस्थामा त्यस्को नक्कली अंग बनाई लगाउनका लागी उपलब्ध राख्ने निकाल्ने, फिक्स, ब्रिज, ईम्प्लान्ट आदिको बिश्वमा भएको प्रगति,अप्ठयाराका विषयमा छलफल हुने एन.पी.एस का अध्यक्ष प्रा. डा. सरिता प्रधान जोशीले बताइन ।

यसपटकको सम्मेलनमा सहभागी हुनेले नेपाल मेडिकल काउन्सिलले दिएको क्रेडिट प्वाईण्ट ५.५ ले सिपीडीमा सहयोग गर्ने समेत बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *