सुन्दरबस्तीमा खुल्यो केडीसीको अर्को ‘आउटरिच डेन्टल सेन्टर’

काठमाडौँ, १८ जेठ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल (केडीसी)ले बुढानिलकण्ठ नगरपालिका – ८ स्थित सुन्दरबस्तीमा आउटरिच डेन्टल सेन्टर सञ्चालनमा ल्याएको छ ।

गत विहीबार नगरपालिकाका मेयर उद्धब खरेलले सो सेन्टरको शुभारम्भ गरेका थिए ।

सो अवसरमा बोल्दै मेयर खरेलले केडीसी जस्तो चर्चित डेन्टल कलेजले आफ्नो नगरपालिकामा शाखा विस्तार गर्नु नगरबासीका लागि खुशीको कुरा भएको बताए ।

केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले स्थानीय बासिन्दालाई लक्षित गरी सुन्दर बस्तीमा शाखा विस्तार गरिएको भन्दै जेठ महिनाभर निशुल्क मुख स्वास्थ्य जाँच र उपचारमा १५ प्रतिशत छुट दिने घोषणा गरे ।

केडीसीले यसअघि चन्द्रागिरी नगरपालिका – ११ सन्तुङ्गल चोकमा  र रुपन्देहीको तिलोत्तमा नगरपालिका- ७ भलवारीमा पनि यस्तै ‘आउटरिच डेन्टल सेन्टर’ सञ्चालनमा ल्याईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *