प्रेमसागरले गरे १५८ औँ पटक रक्तदान

काठमाडौँ, १८ जेठ । सतक रक्तदाता प्रेमसागर कर्माचार्यले १५८ पटक रक्तदान गरेका छन् । शुक्रबार नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ब्लड बैंकमा पुगेर उनले आफ्नो १५८ औँ पटकको रक्तदान गरेका हुन् ।

हरेक तीन तीन महिनामा तालिका बनाएर रक्तदान गर्ने कर्माचार्यले यसपटक भने आकस्मिक रुपमा रक्तदान गर्न पुगेका हुन् ।

रक्तदानका लागि उपयुक्त हुने उमेर १८ बर्ष भनिएपनि उनले १६ बर्षकै उमेरबाट रक्तदान शुरु गरेका हुन् । अरुले गरेको रक्तदान देखेर रहरै रहरमा १६ बर्षकै उमेरमा रक्तदान सुरु गरेँ । पछि पछि यसको महत्व बुझ्दै गएँ त्यसपछि नियमित रुपमा रक्तदान गर्दै गएँ । कर्माचार्यले भने ।

कर्माचार्यले रक्तदानका सुनिने भ्रम चिर्न र जनचेतना अभिवृद्धि गर्न पनि आफूले निरन्तर रुपमा रक्तदान गरेको सुनाए । ‘अहिले पनि धेरैमा रक्तदान गर्दा कमजोर भइन्छ भन्ने मानसिकता छ । तर त्यो होइन । तीन तीन महिनामा गरिने रक्तदानले शरीरलाई केही हानी हुँदैन भन्ने प्रमाणित गर्न मैले रक्तदान गरिरहेको हुँ,’ कर्माचार्यले भने ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्यले नेपालमा सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्तिको रुपमा आफूलाई उभ्याएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *