चितवन : अस्पतालमा होहल्ला गर्ने छ पक्राउ

420
Shares


चितवन, १७ जेठ । भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्युपछि होहल्ला गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महीनाका छोरा रहेका छन् । निमोनियका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल ल्याइएका बालकको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो ।

बालकले आमाको दूध खाने समयमा दूध सर्किएर मृत्यु भएको अस्पतालले जनाएको छ । बालकको मृत्युपछि बालकका आफन्त र सर्वसाधारण चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित बनेका थिए । आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा बिहीबार साँझ प्रहरीले सामाजिक अभियन्ता अर्जुन भुसालसहित छ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *