नवलपरासी : प्राकृतिक चिकित्सालय लोकप्रिय गन्तब्य


नवलपरासी, १६ जेठ । औषधीय उपचार पद्धतिबाट निराश बनेका बिरामीका लागि पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय लोकप्रिय गन्तब्य बन्दै गएको छ ।

विशेष गरी औषधीय उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा बिरामीको उपचार सेवा लिन घुइँचो बढेको हो । हाल यस चिकित्सालयमा दैनिक १०० बिरामीलाई आवासीयरुपमा उपचार सेवा दिनसक्ने छ ।

यहाँ माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । चिकित्सालयमा उपचार सेवा लिन आएका अधिकांश बिरामीको उपचार निको हँुदै गएका छन् । बिरामीका लागि दूधका लागि गौपालन र अर्गानिक तरकारी र जडीबुटी खेती चिकित्सालयले नै गरेको छ ।

चिकित्सालयमा औषधिरहित पद्धतिबाट उपचार सेवा प्रदान गरिँदै आएको छ । विसं २०६३ मा स्थापना भएको चिकित्सालयले विसं २०६४ बाट उपचार सेवा प्रारम्भ गरेको थियो । हाल यस चिकित्सालयमा देशका विभिन्न स्थानबाट र छिमेकी देशविदेशसमेत बाट उपचार सेवा लिन आउने गरेका छन् ।

दश बिघा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयलाई विसं २०६८ मा नेपाल सरकारबाट १० बिघा क्षेत्रफलको जग्गाको भोगाधिकार प्राप्त भएको थियो । अघिल्लो समय बिरामीको खासै चाप नभएपछि अहिले बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको चिकित्सालयले जनाएको छ ।

यस चिकित्सालयले १५ वर्ष कार्ययोजनासमेत तयार गरेको छ । जसअन्तर्गत यस प्राकृतिक चिकित्सा र योगमा अनुसन्धानसमेत गर्ने लक्ष्य छ । साथै यस चिकित्सालयलाई ३०० श्ययाको बनाउने र यस विधाको मेडिकल कलेज स्थापना गरी प्राज्ञिक जनशक्ति उत्पादन गर्ने योजना रहेको चिकित्सालयले जनाएको छ ।

विभिन्न रोगका समस्या लिएर आउने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दोरुपमा रहेको छ । सरकारले नीति तथा कार्यक्रममा नै राखी यस चिकित्सालयको वृत्तिविकासमा ध्यान पु¥याउन सकेमा औषधीय उपचार पद्धतिबाट निरास बनेका बिरामीलाई सजिलैसँग उपचारमा सघाउ पु¥याउन सक्ने अवस्था देखिन्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *