सिञ्जा : मितेरी बर्थिङ्ग सेन्टर सञ्चालनमा

132
Shares


सिञ्जा, १६ जेठ । सिञ्जा गाउँपालिका–६ मा स्थापना भएको मितेरी बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ । उक्त गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल, ६ नं वडाका अध्यक्ष कालीबहादुर बुढा र २ नं वडाका अध्यक्ष नवीन शर्माले बुधबार संयुक्त रुपमा उक्त सेन्टर शुभारम्भ गरेका थिए ।

अध्यक्ष रावलले ६ नं वडाका महिला तथा दिदीबहिनीहरुलाई सजह तरिकाले प्रसूति सेवा दिनका लागि बर्थिङ सेन्टर भवन स्थापना गरिएको र यसमा प्राय सबै सुविधा उपलब्ध गराइएको बताए । वडाध्यक्ष बुढाले २२ लाख ६२ हजारको लागतमा उक्त सेन्टर निमार्ण गरिएको जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *