भेरी प्रादेशिक अस्पतालमा सिकलसेल रोग जाँच्ने यन्त्र बिग्रिदा समस्या

124
Shares


धम्बोझी, १५ जेठ । भेरी प्रादेशिक अस्पतालमा एचबी इलेक्ट्रोफोरेस नामक सिकलसेल रोग जाच्ने यन्त्र बिग्रिएपछि सो रोगको जाँच रोकिएको छ । अस्पतालका इञ्चार्ज डाक्टर रुपानन्द अधिकारीले उक्त यन्त्रलाई मर्मत गर्न काठमाडौँ पठाइएको बताए ।

गत फागुनमा बिग्रिएको यन्त्र मर्मत भएर आएपछि रोग जाँच हुने उनले जानकारी दिए । हाल अस्पतालको सामाजिक सेवा एकाइमा ६६५ सिकलसेलका बिरामीलाई विपन्न नागरिक उपचार निर्देशिकाअनुसार रु एक लाख बराबरको सेवा दिइरहेको उनले बताए ।

पश्चिम नेपालका थारू जातिमा लाग्ने सिकलसेल रोग जाँच गराउन नपाइरहेका बताइएको छ । भेरी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालका अनुसार यन्त्र बिग्रेपछि सिकलसेल एनिमियाको परीक्षण हुन सकेको छैन ।

सिकलसेल लागेको शङ्कामा जँचाउन आउँदा दैनिक विरामी फर्किने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–११ का अनिल थारूले थारूमा धेरैलाई सिकलसेल लागेको सुनेर रगत परीक्षण गराउन अस्पताल आउँदा यन्त्र नहुँदा रगत परीक्षण गराउन नपाएको गुनासो गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *