वैदेही आयुर्वेद केन्द्र सञ्चालनमा

काठमाडौँ, १२ जेठ । व्यापक बन्दै गएको नसर्ने रोगको आयुर्वेदिक पद्धतीद्धारा रोकथाम तथा न्युनिकरण गर्ने उद्धेश्यका साथ वैदेही आयुर्वेद केन्द्र सञ्चालनमा आएको छ । कोटेश्वर आकासेपुल मुनिको सरस्वतीमार्गमा रहेको उक्त केन्द्र गत ४ जेठ देखि सञ्चालनमा आएको हो ।

‘द स्कील टु हेल द स्पीरिट टु कियर’ भन्ने नाराका साथ स्थापित उक्त उपचार केन्द्रले नसर्ने रोगको उपचारलाई पहिलो प्राथमिकतामा राखेको छ । उसले सर्वसाधारणको सहज पहुँच होस भन्दै शुलभ दरमा उपचार सेवा उपलव्ध गराएको जनाएको छ ।

केन्द्रले आयुर्वेदीय विधिद्वारा सफल मानिएका विभिन्न प्रकारका रोगहरुको उपचारलाई मध्यनजर गर्दै त्यस्ता सम्पुर्ण रोगको सफल उपचार बताएको छ । त्यसका लागि आयुर्वेदिक क्षेत्रका विशेषज्ञ चिकित्सकहरुले सेवा दिन लागेको समेत उल्लेख गरेको छ ।

केन्द्रले अहिले दैनिक विरामी जाँचसहित पेटरोग, अम्लपित्त (ग्यास्ट्राइटिस), पाइल्स, फिस्टुला, फिसर, वाथरोग, मधुमेह, उच्च रक्तचाप, नशा सम्वन्धि उपचार गरिरहेको बताएको छ । यस्तै नशा च्यापिएको, जोर्नी दुखाई भएकाहरुलाई आयुर्वेदीय मसाज र स्नेहन तथा स्वेदन सेवा सञ्चालनमा ल्याएको छ । यस्तै माइग्रेन तथा तनाव ब्यवस्थापनका लागि शिरोधारा उपचार विधिलाई समेत अगाडी सारेको छ ।

अहिले धेरैलाई समस्या पार्ने पाइल्स, फिस्टुला भएकाहरुलाई औषधिले निको नहुने अवस्थामा अपरेशन आयुर्वेदीय क्षारशुत्र विधि वाट उपचार हुंदैै आउको बताएको छ ।  उक्त विधि वाट पाइल्स, फिस्टुलाको उपचार गर्दा अपरेशन गरेर पुर्ण वेडरेस्टमा वस्नुपर्ने झन्झट हुदैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *