असहाय तथा वेवारिसे मानसिक विरामीको उपचार अब राज्यले गर्ने

काठमाडौँ, २६ बैशाख । अब अशक्त असहाय र वेवारिसे मानसिक रोग वा मनोसामाजिक समस्या भएका बिरामीहरुको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

अशक्त असहाय र वेवारिसे मानसिक रोग वा मनोसामाजिक समस्या भएका विरामीहरुको उपचार तथा पुनस्थापनाको कार्यक्रम सञ्चालन कार्यविधि २०७६ पास भएसंगै वेवारिसे विरामीको उपचार खर्च सरकारले बेहोर्ने बाटो खुलेको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार गरेको यो कार्यविधि गत १६ बैशाखामा उपप्रधान एवं स्वास्थ्य मन्त्री स्तरीय निर्णयबाट पास भएको थियो । यो कार्यविधि पास भएसंगै मन्त्रालयले यसै आर्थिक बर्षबाट कार्यक्रम अघि बढाउन इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखालाई निर्देशन समेत दिएको छ ।

कार्यविधिमा मानसिक रोग र मनोसामाजिक समस्या भएका अशक्त असहाय र वेवारिसे विरामीको उपचार अस्पतालमा भए प्रतिदिन ६ सय र पुर्नस्थापना केन्द्रमा भए प्रतिदिन ५ सय रुपैयाँ उपलव्ध कायम गर्ने उल्लेख छ ।

यस्तै कार्यविधिले मनोचिकित्सकको प्रेस्किप्सन अनुसार र गैरसरकारी, निजी अस्पताल, पुनस्थापना गृह सञ्चालन गर्ने सामाजिक संस्था वा नीजि संस्था रहेको स्थानीय तहबाट प्रमाणित औषधिको विलको आधारमा प्रतिमहिना प्रतिव्यक्ति ४ हजार रुपैयाँ नबढ्ने गरी उपलव्ध गराउने भनेको छ ।

कार्यविधिले उक्त रकम सेवा उपलव्ध गराएका अस्पतालहरुलाई उपचार पश्चात सोधभर्ना गर्ने व्यवस्था मिलाएको छ ।

यस्तो छ कार्यविधि

कार्यविधिको पुरा बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *