नर्सिङ संघमा तालाबन्दी गर्न गएका प्रत्यारोपण केन्द्रका नर्सहरु पक्राउ

काठमाडौँ, २५ बैशाख । नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेका शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका ६ जना नर्सलाई प्रहरीले पक्रेको छ । उनीहरुलाई महानगरीय प्रहरी बृत्त दरबारमार्गमा लगेर राखिएको छ ।

संघका पदाधिकारीहरुलाई कार्यालयमा पस्न नदिइ बाहिरै रोकेपछि प्रहरीले उनीहरुलाई पक्रेको हो । प्रहरीले कार्यालयमा लगाएको ताला समेत फोडिदिएको छ ।

सेवा सुविधासम्वन्धी विभिन्न पाँच बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका नर्सहरु खुल्ला प्रतिस्पर्धाबाट केन्द्रमा स्थायी पदपूर्ति गर्न लोकसेवा आयोगले दरखास्त मागे पछि थप आक्रोशित भएका हुन् ।

तर, नर्सिङ संघले भने खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्ने कदमको स्वागत गर्दै योग्यता पुगेका इच्छुक नर्सहरुलाई सहभागी हुन आवहान गरिसकेको छ । सो आवहानपछि आन्दोलनरत नर्सहरुले तारो संघलाई बनाएका छन् । उनीहरुले संघका अध्यक्ष प्राध्यापक तारा पोखरेलकै राजिनामा मागेका छन् ।

‘केही दिन भित्रै हामीले अन्तराष्ट्रिय नर्सिङ सम्मेलन गर्दैछौँ । यो पूर्व निर्धारित कार्यक्रम हो । अहिले अन्तिम चरणको तयारी पुरा गर्नुपर्ने अवस्था छ । केन्द्रका नर्सहरुको विषयलाई हामीले यसअघि नै मन्त्रालय र सम्वन्धीत संस्थाका पदाधिकारीसंग लगेर राखिसकेका छौँ । यो सम्मेलन पछि हामीले उनीहरुलाई पुन छलफलमा बस्न सक्छौँ भनेका पनि छौँ । तर उनीहरुले यो कुरा बुझ्नै चाहेनन् । काममा अवरोध गर्ने , तालाबन्दी गर्ने कार्य जारी राखे । आज पनि हाम्रो कार्यक्रमलाई अवरोध पार्ने गरी तालाबन्दी गर्ने र अवरोध पैदा गर्ने कार्य गरे । त्यसपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटायो र हामीलाई भित्र जाने बाताबरण बनायो,’ संघकी अध्यक्ष प्रा पोखरेलले भनिन् ।

केही दिन अघि मात्रै मन्त्रालयमा केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठलाई घेरावन्दीमा पारेपछि प्रहरीले उनीहरुलाई पक्रेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *