प्राथमिक उपचारका लागि कोष सङ्कलन

 

पोखरा, २५ वैशाख । विश्व रेडक्रस दिवसको उपलक्ष्यमा पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीले सचेतनासहित प्राथमिक उपचारका लागि कोष सङ्कलन गरेका छन् ।

रेडक्रसका जन्मदाता हेनरी ड्युनाको तस्बिरमा माल्यार्पण गरी शुरु गरिएको कार्यक्रममा रु १८ हजार ५६५ कोष सङ्कलन भएको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख महेन्द्रमणि पौडेलले जानकारी दिए ।

सङ्कलित रकममध्ये रु १५ हजार ५०० कोषमा जम्मा गरिएको र बाँकी रकम भइपरी आउने प्राथामिक उपचारका लागि औषधि खरीद गर्ने बताइएको छ । युवा रेडक्रस सर्कलको सक्रियतामा भएको कार्यक्रममा १५ जना विद्यार्थीले विभिन्न समूह बनाएर पोखराको महत्वपूर्ण पर्यटकीय क्षेत्र बाटुलेचौर आसपासमा रकम सङ्कलन गरेका थिए ।

रेडक्रस दिवसको अवसरमा आज बिहानैदेखि पोखराका चोकचोकमा सामुदायिक एवं संस्थागत विद्यालयका विद्यार्थी समूह समूहमा पैदलयात्रीलाई रेडक्रसको महत्वमाथि प्रकाश पार्दै आर्थिक सङ्कलन गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *