बीपी स्मृति अस्पतालमा ९६ जना महिलाको नि:शुल्क स्वास्थ्य परीक्षण

532
Shares

काठमाडौँ, ६ बैशाख । नयाँ बर्षको अवसरमा बसुन्धरास्थित वीपी स्मृति सामुदायिक अस्पतालले महिलाहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।  अस्पताल परिसरमै गत २ र ३ गते राखिएको सो कार्यक्रममा ९६ जना महिलाहरुले निशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।

अस्पतालका निर्देशक डा धनबहादुर रानाले पहिलो दिन शिविरमा आएका ४२ मध्ये ३६ जना र दोस्रो दिन ५४ मध्ये ४४ जना महिलाको पाठेघरको मुखको पानी जाँच (प्यापस्मेयर) गरिएको बताए । उनले ९६ जनाकै रगत, पिसाव र मधुमेह जाँच समेत निशुल्क गरेको जानकारी दिए ।

जाँचका क्रममा अधिकांश महिलामा योनी र पाठेघरमा संक्रमण भएको पाइएको छ । डा रानाले परीक्षणका क्रममा पाठेघर खसेको २० सेमीसम्मका थाहा नभएका फाईब्रोइड युटेरसका केश समेत भेटिएको बताए ।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगर्त निशुल्क परीक्षण गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *