वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको अनुगमन गर्न स्वास्थ्य मन्त्रालयले पठायो १२ जना प्राविधिक

160
Shares

काठमाडौँ, २९ चैत । सरकारले बैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको अनुगमन गर्न विज्ञ चिकित्सक तथा स्वास्थ्य प्राविधिकहरुलाई  खटाउने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आग्रहमा स्वास्थ्य मन्त्रालयले विभिन्न समूहका १२ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम अनुगमनका लागि सिफारिस गरेको छ ।

त्यसरी सिफारिसमा पर्नेहरुमा फिजिसियन जनरल फिजिसियन फेमिली फिजिसियन समूहबाट डा. मनिषा रावल निर्देशक स्वास्थ्य सेवा विभाग), डा. फणिन्द्रप्रसाद बराल बरिष्ठ कन्सलट्यान्ट ( स्वास्थ्य सेवा विभाग), डा. विमल चालिसे बरिष्ठ कन्सलट्यान्ट शुक्रराज हस्पिटल र डा. अमर पौडेल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पताल रहेका छन् ।

यस्तै प्याथोलोजिष्ट मेडिकल ल्याव टेक्नोलोजिष्ठ अधिकृत समूहबाट डा. मुकुन्दा शर्मा प्रमुख कन्सलट्यान्ट प्याथोलोजिष्ट, डा. रेखा मानन्धर सहप्रमुख प्थायोलोजिष्ट, डा. विनोदकुमार यादव प्याथोलोजिष्ट, सन्तोष सुवेदी मेडिकल ल्याव टेक्नोलोजिष्ट रहेका छन् ।

यसैगरी रेडियोलोजिष्ट वीएससी रेडियोग्राफी अधिकृत समूहबाट डा. स्वयंप्रकाश पण्डित प्रमुख कन्सलट्यान्ट रेडियोलोजिष्ट, डा. सरोज शर्मा प्रमुख कन्सलट्यान्ट रेडियोलोजिष्ट, डा. हेन्सन खडका बरिष्ठ कन्सलट्यान्ट रेडियोलोजिष्ट र दामोदर खडका रेडियोग्राफी अधिकृत रहेका छन् ।

यसअघि श्रम मन्त्रालयले बैदेशिक रोजगार ऐन २०६४ र बैदेशिक रोजगार नियमावली २०६४ बमोजिम वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचिकृत भएका विभिन्न २२६ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्न प्राविधिक जनशक्ति उपलव्ध गराइदिन भन्दै स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो ।

नेपालमा बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको गुणस्तरमा बेलाबखतमा प्रश्न उठने गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको अनुगमन गर्न स्वास्थ्य मन्त्रालयले पठायो १२ जना प्राविधिक

  1. परीक्षण गर्ने स्वास्थ्य संस्थाको गुणस्तर बृद्दि गर्नु जरुरि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *